विश्व पर्यटन दिवसमा प्रभातफेरी

ठमेल पर्यटन विकास परिषद्ले विश्व पर्यटन दिवसको अवसरमा काठमाडौंमा प्रभातफेरी निकालेको छ । प्रभातफेरी काठमाडौंको त्रिदेवी मार्ग हुँदै क्षेत्रपार्टी, सोह्रखुट्टे लैनचौर हुँदै पुनः त्रिदेवीमार्गमा आएर समापन भएको हो । ठमेल पर्यटन विकास परिषद्ले विभिन्न बाजागाजासहित प्रभातफेरी गरेको हो ।

प्रभातफेरी कार्यक्रमपछि बोल्दै ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले विभिन्न पर्यटनसँग सम्बन्धित संसस्थाको व्यक्तिहरू भेला भएर विश्व पर्यटन दिवसको अवसरमा प्रभातफेरी गरेको बताए । उनले आज दिउँसो स्थानीय र विभिन्न संघसंस्थाहरूसँग मिलेर सांस्कृतिक कार्यक्रम गर्ने बताए । त्यस्तै आज नै परिषद्ले विभिन्न क्लवसँग मिलेर रक्तदान लगायतका कार्यक्रम गर्ने पनि बताए ।

त्यस्तै लायन्स क्लब काठमाडौंका जिल्ला अध्यक्ष उत्तम झाले नेपालमा पर्यटन क्षेत्रको अपार सम्भावना भए पनि फाइदा लिन नसकेको बताए । उनले आज विश्व पर्यटन दिवसको अवसरमा विभिन्न सांस्कृतिक र पर्यटन क्षेत्रलाई सहयोग पुग्ने कार्यक्रम गरेर दिवस मनाउन लागेको बताए ।

पर्यटन संघ संस्थाहरूको उपस्थितिमा दिउँसो पञ्चेबाजा, धिमे बाजा, भैरव नाच, देवी नाचसहित ठमेल परिक्रमा गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर