मन्त्रिपरिषद्काे आकस्मिक बैठक बस्दै, निर्वाचन आचारसंहिता लागू गर्ने तयारी

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दैछ। प्रधानमन्त्री देउवाको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा अहिले अपराह्न ५ बजे बैठक बस्न लागेको हो।

आमनिर्वाचनका लागि आचारसंहिता लागू गर्नेबारे बैठकले निर्णय गर्नसक्ने बालुवाटार स्रोतले जनाएको छ।

निर्वाचन आयाेगले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि तयार पारेको निर्वाचन आचारसंहिता, २०७९ भोलिदेखि लागू हुने जनाएकाे छ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भोलिदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय भएको जानकारी दिए। उनले सबै पक्षबाट आचारसंहिता पालना र कार्यान्वयनमा सहयोगको अपेक्षा रहेको बताए।

प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा हुँदैछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *