एमालेले संविधानलाई मार्न खोजेको थियो, गठबन्धन त्यसलाई बचाउन बनेको हो : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले संविधानलाई बचाउनको निम्ति गठबन्धन बनेको बताएका छन् ।

मंगलबार नेपाल निजामती कर्मचारी युनियनले दशैं, तिहारलगायतका पर्वहरूको अवसरमा काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै मन्त्री बडूले यस्तो बताएका हुन् ।

उनले तत्कालीन सत्तारूढ पार्टीले दुई पटक संसद् विघटन गरेर संविधानलाई मार्न खोजेकाले संविधानलाई बचाउनका लागि गठबन्धन भएको बताए । मुलुकको स्थिरताका लागि प्रतिपक्षमा रहेको कांग्रेसलाई खोजेर मुलुकको नेतृत्व दिनुपरेको उनले बताए ।

उनले नेपाली कांग्रेसले राजनीतिलाई ठीक ठाउँमा पुर्‍याएको बताए । नेपाली कांग्रेस सबैलाई एकै ठाउँमा ल्याएर नेतृत्व गर्न सफल भएको पनि उनको भनाइ छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर