बैंकहरूले बजार र अर्थतन्त्रलाई असर नपर्ने गरी पूर्वजानकारी दिएर ब्याज बढाएका हुन्  : बैंकर्स संघ

नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले बजार र अर्थतन्त्रलाई असर नपर्ने गरी पूर्वजानकारी दिएर बैंकहरूले ब्याज बढाएको दाबी गरेका छन् ।
मंगलबार उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बैंक तथा वित्तीय समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो उनले सो कुरा बताएका हुन् ।
उनले बैंक तथा वित्तीय बजार र अर्थतन्त्रलाई असर नगर्ने गरी पूर्वजानकारी दिएर व्यवसायीहरूलाई तत्काल असर नगर्ने गरी सोचेर मात्रै निर्णय गरेको बताए । अध्यक्ष उपाध्यायले बैंकले बजारमा तरलतालगायतका समस्याका बीच दुई पटक मात्रै ब्याजदर बढाएको बताए ।
उनले योबीचमा पनि दुई महिनाको समय अवधि दिएर बढाएको स्पष्ट पारे । उनले व्यवसायीहरूको पनि तयारी हुनेगरी ब्याज बढाउँदै आएको जिकिर गरे । उनले अहिले डलरको मूल्य १० रुपैयाँभन्दा बढी वृद्धि भएको भन्दै सबै लागत जोडेर व्यवासायीहरू बजारमा जाने बैंकको लागत जोड्न नहुने भन्ने विश्वमा कहीँ नभएको बताए ।
अध्यक्ष उपाध्यायले बजारमा तरलताको अभावका कारण असारदेखि अहिलेसम्म कर्जा वृद्धि हुन नसकेको बताए । उनले चालु आर्थिक वर्षको पहिलो महिनादेखि अहिलेसम्म ३० देखि ४० अर्ब निक्षेप संकलन गरेको बताए । उनले ४० अर्ब निक्षेप गर्न पनि सरकारको ९० प्रतिशत योगदान गरेको बताए ।
उपाध्यायले बैंकहरूमा ३.५ प्रतिशतको आधार दर र मार्जिनमा ३ प्रतिशतको बोटल रेटमा बैंकहरू दिगो बनाउन नसकिने बताए । उनले कर्जा प्रवाह बैंकहरूले बलियो बनाएर जानुपर्ने बताए ।
उनले कर्जाको ब्याजदर परिर्वतन हुने व्यवस्थापनका साथ काम गर्नसक्ने अवस्थाको बानी बसाल्न आवश्यक रहेको बताए । उनले अहिले अमेरिका, भारत तथा युरोपेली देशहरूले पनि कोरोनापछि ब्याजदर वृद्धि गरेको बताए ।
अध्यक्ष उपाध्यायले गत आर्थिक वर्ष ६.६ प्रतिशत रहेको कर्जाको ब्याजको आधार दर अहिले ९.७ प्रतिशत पुगेको बताए । उनले गत आर्थिक वर्षको यो अवधिमा ४६ प्रतिशत मुद्दतीको भार रहेकोमा अहिले वाणिज्य बैंकहरूलाई मुद्दतीको भार मात्रै ५८ प्रतिशत रहेको बताए । उनले वाणिज्य बैंकहरूलाई मुद्दतीको भार अघोषित ६० प्रतिशत रहेको बताए । बैंकहरूलाई मुद्दतीको भार १२ प्रतिशत बढेको बताए ।
नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक ईश्वरीप्रसाद भट्टराईले बैंकिङ कर्जाको ब्याज उच्च हुँदा उद्यमशीलता हराउने बताए । उनले कुनै व्यवसायमा लगानी गर्नेभन्दा बैंकमा रकम राख्दा ब्याज बढी पाउने भएपछि उद्योगमा लगानी गर्ने सोच कम हुनसक्ने बताए ।
उनले अहिले बढेको बैंकको ब्याजदर लामो समयसम्म रहन नहुने बताए । निर्देशक भट्टराईले अहिले कर्जाको माग र ब्याजको असन्तुलनलाई सन्तुलनमा ल्याउनका लागि अझै केही समय लाग्ने भन्दै व्यवसायीहरूलाई धैर्य गन आग्रह गरे ।
उनले बैंक कर्जा लिनु भनेको उच्च जोखिमको काम भएको बताए । उनले व्यवसायीहरूले कर्जाका लागि विकल्प निकालेर पुँजी बजारमार्फत पुँजी परिचालन गर्न सक्नुपर्ने बताए । उनले बजारमा तरलता अभावको समस्या हल गर्न निर्यात बढाउने वा रेमिट्यान्स बढी भित्र्याउनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर