इलाका प्रहरी कार्यालय बेलबारीको नवनिर्मित भवन उद्घाटन

इलाका प्रहरी कार्यालय बेलबारीको नवनिर्मित भवन उद्घाटन गरिएको छ । मंगलबार बिहान मोरङको बेलबारी नगरपालिका–१ मा रहेकाे कार्यालयको नवनिर्मित भवन प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले उद्घाटन गरेका हुन् ।

१ नं. प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा भवन निर्माण भएको हो । उद्घाटन कार्यक्रममा मन्त्री कार्कीसहित मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, १ नं. प्रदेश प्रहरी कार्यालय रानी विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरी, स्थानीय नगरपालिका तथा गाउँपालिकाका प्रमुख, स्थानीय बुद्धिजीवीलगायतको उपस्थिति थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर