नेपाल-भारत सीमामा सुरक्षाकर्मीले हेल्प डेस्क सञ्चालन गर्ने

दसैं, तिहार तथा मंसिरमा हुने चुनावलाई लक्षित गर्दै नेपाल भारतका सीमा सुरक्षाकर्मीहरुले सीमाको प्रस्थान/प्रवेश बिन्दुमा हेल्प डेस्क स्थापना गर्ने भएका छन् ।

काठमाडौंमा जारी नेपाल भारतका सीमा सुरक्षा सम्बन्धी बैठकमा हेल्प डेस्क राख्ने सहमति भएको हो । चाडबाड र चुनावको अघिपछि नेपाल भारतमा खुला सीमामा आवात जावत बढ्ने गरेको छ ।

यसमा लुटपाट र दुर्व्यवहारको घटना पनि बढ्ने गरेका छन् । काठमाडौंमा सशस्त्र प्रहरी बल (एपीएफ) र भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)का उच्च अधिकारी नेतृत्वमा सीमा व्यवस्थापन, सुरक्षा सम्बन्धी संयन्त्र छैठौं बैठक जारी रहेको छ ।

बैठकमा नेपाल टोलीको नेतृत्वमा एपीएफका महानिरीक्षक राजु अर्याल र भारतीय टोलीको नेतृत्व एसएसबीका महानिर्देशक सुजोय लाल थाउसेन गरेका छन् ।

बैठकमा यस्तो हेल्प डेस्क कुनै स्थानमा एकल र अर्को स्थानमा संयुक्त रुपमा हुने बताएएको छ । सीमा सुरक्षा सम्बन्धी संयन्त्रको बैठक प्रत्येक वर्ष आलोपालो गरि आयोजना हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर