सत्तारूढ गठबन्धनमा कुन कुन क्षेत्रमा भयो सहमति ? हेर्नुहोस् सूची

मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभामा निर्वाचनका लागि सत्तारुढ गठबन्धन सीट बाँडफाँट सहमति नजिक पुगेको छ । बाँडफाँटलाई अन्तिम रुपमा दिने भन्दै बुधबार बिहान पनि सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । अन्य सबै कार्यक्रम स्थगित गरेर पाँच दलीय गठबन्धन सीट बाँडफाँटलाई अन्तिम रुप दिन जुटेका हुन् ।

प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसका लागि ८० देखि ८५ क्षेत्रसम्म छुट्याउने समझदारी भएको छ । त्यसैगरी माओवादी केन्द्रलाई ४५ देखि ४७ स्थान, नेकपा एकीकृत समाजवादीलाई बैठकमा भने कांग्रेसले ९० सिटको अडान राखेको थियो । कांग्रेसलाई ९० सिट दिन गठबन्धनका अन्य दल तयार नभएपछि सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले ८४/८५ सिटमा झर्ने संकेत दिएका छन् ।

एकीकृत जवादीले १५ देखि १७, जसपाले १५, राजमोले २ स्थान पाउने छन् । कांग्रेस र राष्ट्रिय जनमोर्चालाई छुट्याएर बाँकी सिटमा माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी (जसपा) बीच समझदारी बनाउने छुट्टै गृहकार्यसमेत जारी छ ।

नेकपा (एस) र जसपाले १५ देखि १७ सिटसम्म पाउने भएका छन् । जसपाले मधेस प्रदेशमा १३ का अतिरिक्त सुनसरी–१ र बाँके–२ गरी १५ निर्वाचन क्षेत्र पाउने करिब निश्चित भइसकेको छ । मोरङ–५ र धनकुटामा पनि जसपाले अडान छाडेको छैन । सोलखुम्बु, लमजुङ, कैलाली २, ३, दोलखा, स्याङ्जा र मुगुमा पनि दोहोरो–तेहरो दाबी छ ।

समझदारी भएका क्षेत्र

नेपाली कांग्रेस

पाँचथर, इलाम–२, झापा–१, २, ३, संखुवासभा, मोरङ १, २, ३, ६, सुनसरी २, ३, र ४, ओखलढुंगा, उदयपुर–१, सप्तरी ४, सिरहा १, सिरहा २ र ३ मध्ये १, धनुषाका ४ मध्ये २, महोत्तरी २, सर्लाही ४, रौतहट ४, बारा १, सिन्धुली १, रसुवा, धादिङ २, काठमाडौं १, ३, ४, ५, ६, भक्तपुर–२, ललितपुर–१, २, काभ्रे २, सिन्धुपालञ्चोक २, मकवानपुर १, चितवन २, मनाङ, कास्की ३, स्याङ्जा १, तनहुँ–१, नवलपुर १, २, मुस्ताङ, म्याग्दी, पर्वत, गुल्मी १, पाल्पा १, दाङ–३, अर्घाखाँची, रूपेन्देही ३, कपिलवस्तु २, बर्दिया १, नवलपुर १ र २, सुर्खेत १ र २, बाजुरा, अछाम–२, कैलाली–४ र ५, दार्चुला, डडेलधुरा, कञ्चनपुर २ र ३, काभ्रे, २, सिन्धुपालञ्चोक–२, गोरखा–२, बाँके ३, बर्दिया–१ नवलपरासी (बर्दघाट सुस्ता–१), नवलपरासी (बर्दघाट सुस्ता) २, मुगु र जुम्लामध्ये एक, हुम्ला, दैलेख १ र २ मध्येबाट एक, सर्लाहीका चारमध्ये दुई, पर्साको ४ मध्ये १, धनकुटा कांग्रेसले पाउने करिब सहमति छ ।

नेकपा माओवादी केन्द्र

झापा ४, ५, भोजपुर, सर्लाही ३, सिन्धुली २, नुवाकोट २, चितवन ३, कालीकोट, रुकुम पूर्व, दाङ–२, रुकुम पश्चिम, बागलुङ–२, कञ्चनपुर १, काभ्रे १, सिन्धुपालञ्चोक–१, गोरखा–२, बाँके १, बर्दिया–२, सिरहा–३ र ४ मध्ये १, महोत्तरी–१, रौतहट–३, मोरङ, ४ र ५ मध्ये १, जाजरकोट, हुम्ला र दैलेख १, २ मध्ये १, मुगु र जुम्लामध्ये १, बाँके १ र ३ मध्यबाट १ ।

नेकपा एस

ताप्लेजुङ, इलाम–१, रौतहट १, काठमाडौं ८, कास्की २, गुल्मी २, रूपन्देही २, डोल्पा, बारा–१, पाल्पा–२, दाङ–१,

जसपा

सप्तरी २, ३, महोत्तरी ३, बारा २, काठमाडौं ७, कपिलवस्तु ३, बाँके २, सिरहा ३ र ४ मध्ये १, धनुषा ४ बाट १, सर्लाही ४ क्षेत्रमा २, पर्साका ४ क्षेत्रमध्ये ३ वटा, सुनसरी–१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर