२५औं खुल्ला राष्ट्रिय पौडी प्रतियोगितामा नेपाल प्रहरीकाे समूह प्रथम

नेपाल पौडी संघको आयोजनामा भएको २५औं खुल्ला राष्ट्रिय पौडी प्रतियोगितामा १४ स्वर्ण, १० रजत र १४ कास्य गरी कुल ३८ पदक प्राप्त गर्दै नेपाल प्रहरीको टिमले प्रथम स्थान हासिल गरेको छ।

प्रतियोगितामा नेपाल प्रहरीका खेलाडीमध्ये गौरव लामाले १ स्वर्ण र ४ कास्य, सुविज्ञमान तुलाधरले ५ स्वर्ण र १ रजत, युवानलाल श्रेष्ठले १ रजत र ४ कास्य, सनिलकुमार थापामगरले ३ रजत र १ कास्य, रेवान्तबहादुर श्रेष्ठले १ रजत, अभिभ प्रधानले ३ स्वर्ण र १ रजत, आयुक्ति थापाले २ स्वर्ण, समीराशोभा थापा मगरले २ रजत र २ कास्य, सारसी खड्काले १ रजत र ३ कास्य, आर्य महर्जनले २ स्वर्ण तथा गौरव लामा, सुविज्ञमान तुलाधर, युवानलाल श्रेष्ठ र सनिलकुमार थापामगरले फ्री स्टाइल रिलेमा १ स्वर्ण पदक प्राप्त गरेका थिए ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता-२०७९ को तयारीस्वरूप नेपाल पौडी संघको आयोजनामा असोज ५ गतेदेखि ७ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर