रोकिएन काठमाडौंका सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन

काठमाडौं महानगरपालिकाले यही असोज १ गतेदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरे पनि नागरिकले त्यसको पालना गरेको देखिँदैन । महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै यही असोज १ देखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गरे एक सय रुपैयाँ जरिवाना लाग्ने बताएको थियो ।

रत्नपार्क, न्यूरोड, असन, सुन्धारालगायत भीडभाड बढी हुने स्थानमा खुलेआम रूपमा सुर्तीजन्य पदार्थ सेवन गरिरहेको पाइएको छ । महानगर प्रमुख बालेन्द्र शाह, सचिवालय सदस्य सुनिल लम्सालले यस सम्बन्धमा महानगरका नगर प्रहरीहरूले नियमित अनुगमन गरिरहेको र अवज्ञा गर्नेहरू जुनसुकै समयमा कारबाहीमा पर्ने बताए ।

सूचनाको अवज्ञा गरेको पाइए सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ समेतको आधारमा कारबाही र जरिवना गर्ने बताइएको छ ।

काठमाडौं महानगरपालिकाको नगरसभाको ११ औं अधिवेशनले सार्वजनिक स्थानमा धूमपान निषेध गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्ने नीति पारित गरिसकेको हुनाले यस किसिमको व्यवस्था गरिएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर