अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवस मनाइयो

सचेतनामूलक कार्यक्रमको आयोजना गरी आज अन्तर्राष्ट्रिय थाहा दिवस मनाइएको छ । बुधबार अन्तर्राष्ट्रिय थाहा दिवसको अवसरमा आयोजित सडक सूचना प्रवाह कार्यक्रम विभिन्न दबाबसहितका सचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइएको हो ।

सचेतनामूलक कार्यक्रममा बोल्दै सूचनाको हकका लागि राष्ट्रिय महासंघका अध्यक्ष उमिद बागचन्दले राज्यले सहज र सरल रूपमा सूचना प्राप्त गर्ने वातावरण बनाउन नसकेको गुनासो गरे । उनले सूचनाको अधिकार रहेको कानून भए पनि प्रक्रियामा नजाँदा आवश्यक समयमा सूचना प्राप्त हुन नसकेको बताए ।

राज्यले ल्याएको कानूनलाई कार्यान्वयन गराउन नागरिकस्तरबाट दबाबमूलक कार्यक्रम गर्नुपर्ने बाध्यता रहेको भन्दै राष्ट्रिय सूचना दिवसले सबैमा सूचनाको हकको अधिकार सहजै पाउनुपर्ने बताए । उनले टोल, समाजका मानिसहरूलाई सूचनाको हक माग्नुपर्ने कुरालाई सबैले प्रेरित गर्नुपर्ने बताए ।

उनले राज्यले सूचना दिवस मनाउनका लागि होटलहरूमा गरेको कार्यक्रमले मात्रै नपुग्ने भन्दै सचेतनाको लागि सरकारी सञ्चारमाध्यमहरूमा प्रचारप्रसार हुनुपर्ने बताए । कार्यक्रममा सहभागीहरूले सूचना पाउने र माग्ने मेरो मौलिक अधिकार हो, आफूले तिरेको कर कसरी खर्च भइरहेको छ, जान्ने प्रयास गरौँ, सार्वजनिक निकायका बेथिति र भ्रष्टाचारको अन्त्य गर्न जागरुक बनौँ लगायतका सचेतनामूलक पम्प्लेट टाँसेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर