बुर्किना फासो आक्रमणमा एघार सैनिकको मृत्यु, पचास सर्वसाधारण बेपत्ता

उत्तरी बुर्किना फासोमा सोमबार भएको एक आक्रमणमा परी कम्तीमा ११ जना सैनिकको मृत्यु भएको बुर्किना फासो सरकारले मङ्गलबार विज्ञप्तिमा जनाएको छ ।

जिबो शहरतर्फ जाँदै गरेको एक आपूर्ति समूहलाई साहेल क्षेत्रको साउम प्रान्तको गास्किन्देको कम्युननजिक आतङ्कवादीहरूले आक्रमण गरेका थिए ।

एघार सैनिकको मृत्यु भएको, २० सैनिकसहित २८ जना घाइते भएका र करिब ५० जना सर्वसाधारण बेपत्ता भएका विज्ञप्तिमा जनाइएको छ । आक्रमणकारीहरूको खोजी जारी रहेको विज्ञप्तिमा भनिएको छ ।

बुर्किना फासोमा २०१५ यता सुरक्षा अवस्था बिग्रिएको छ । पश्चिम अफ्रिकी यस राष्ट्रमा भएका आक्रमणहरूमा एघार सयभन्दा बढी मानिसहरूको मृत्यु भएको छ । १९ लाख भन्दा बढी अन्य विस्थापित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर