कांग्रेस प्रवेश गर्न लोसपाकी सांसद चन्दा चौधरी बालुवाटारमा

लोकतान्त्रिक समाजवादी पार्टीकी सांसद तथा पूर्वमन्त्री चन्दा चौधरी प्रधानमन्त्री निवास बालुवाटार पुगेकी छन्। उनी नेपाली कांग्रेसमा प्रवेश गर्न लागेको स्रोतले जनाएको छ। उनी प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेकी हुन्।

बालुवाटारमा प्रधानमन्त्री देउवासँगको भेटपछि उनले कांग्रेसको सदस्यता लिने बुझिएको छ।

सर्लाही–४ बाट प्रत्यक्ष चुनाव लड्ने तयारीमा रहेकी चौधरी पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर