राप्रपा प्रवेश गर्दै रवीन्द्र मिश्रले भने- ‘मुलुकमा राजसंस्था हुनैपर्छ’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले मुलुकमा राजसंस्था हुनैपर्ने अवस्था आएको बताएका छन् ।

राष्ट्रपतिजस्तो संस्थाले समेत इमानदारितापूर्वक काम गर्न नसकेकाले मुलुकमा राजसंस्था हुनैपर्ने रहेछ भन्ने आफूलाई लागेको उनले बताए । बुधबार काठमाडौंमा आयोजित राप्रपा र मिश्र नेतृत्वको बृहत्तर धुव्रीकरण समूहबीचको एकता कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष मिश्रले राजनीतिभन्दा माथि उठनुपर्ने राष्ट्रपति संस्था इमानदार नभएको, सरकार भ्रष्ट भएको भन्दै आपत्ति जनाए ।

उनले मुलुकले संघीयता धान्नै नसक्ने जिकिर गरे । राजनीतिक, आर्थिक, भौगोलिक कुनै पनि रूपमा मुलुकले संघीयता धान्नै नसक्ने मिश्रको तर्क थियो । वरिष्ठ उपाध्यक्ष मिश्रले धर्मको नाममा, जातको नाममा राजनीति हुन थालेपछि मुलुक झनै कमजोर हुँदै गएको दाबी गरे ।

वरिष्ठ उपाध्यक्ष मिश्रले आफूमा भन्दा बढी नेपाली कांग्रेसमा विचलन आएको आरोपसमेत लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर