जगदम्बा मोटर्सको एकैदिन ३ नयाँ शोरूम उद्घाटन

नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले नेपालीहरूको महान चाड विजया दशमीको पहिलो दिन अर्थात् घटस्थापनाको अवसरमा थप ३ शोरूमको उद्घाटन गरेको छ ।

लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दीपेन्द्रकुमार अधिकारीको प्रमुख अतिथ्यतामा परासीको बर्दघाटमा फुटप्रिन्ट अटो हब प्रा.लि., बूढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीको प्रमुख अतिथ्यतामा काठमाडौंको कपनमा यूआर मोटर्स एन्टरप्राइज प्रा.लि. र जिल्ला उद्योग वाणिज्य संघ घोराहीका अध्यक्ष टंक बुढाथोकीको प्रमुख अतिथ्यतामा दाङको घोराहीमा नेबेल ट्रेडङ गरी ३ शोरूम एकैदिन उद्घाटन गरिएको हो ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुईपांग्रे सवारी साधनका लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १४० भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ । गुणस्तरीय उत्पादनहरू, बिक्रीपश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरूको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रूपमा स्थापित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर