चियापान गरेर कांग्रेसकाे संस्थापन पक्षलाई इतर पक्षको खबरदारी

नेपाली कांग्रेसको शेखर कोइराला पक्षले चियापान कार्यक्रम गरेको छ । बिहीबार काठमाडौंस्थित एक होटलमा कोइराला पक्षधरका नेताहरूले चियापान र दशैं, तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रम गरेका हुन् ।

कोइराला पक्षको खबरदारी अभियानद्वारा आयोजित चियापान कार्यक्रममा पार्टी महामन्त्री गगनकुमार थापादेखि अर्जुननरसिंह केसी, चन्द्र भण्डारीलगायतका नेताहरू उपस्थित थिए । कोइराला पक्षले पार्टीको आन्तरिक एकता, समान अवसर र न्याय हुनुपर्ने माग राख्दै आएको छ ।

कोइराला पक्षधरले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी रूपमा समानुपातिकतर्फको बन्दसूची आयोगलाई बुझाएको आरोप लगाउँदै समुचित न्याय हुनुपर्ने माग राख्दै आएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँटमा सम्मानजनक रूपमा टिकट पाउनुपर्ने माग गर्दै आएको शेखर पक्षले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको थियो ।

पार्टी समितिहरूमा सम्मानजनक स्थान नपाएको भन्दै शेखर पक्षले विभिन्न कार्यक्रम गरी विरोध जनाउँदै आइरहेको छ । कोइराला पक्षले चियापान कार्यक्रमलाई पनि विरोधकै कार्यक्रमको रूपमा लिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर