शेयर बजारमा हरियाली, नेप्से परिसूचक १६.२९ अंकले वृद्धि

दशैंअघि शेयर बजार मापक नेप्सेमा हरियाली छाएको छ । पछिल्लो समय लगातार रूपमा घट्दै गएको नेप्से परिसूचक दुई दिनदेखि सकारात्मक गति समातेको हो । दशैंअघिको अन्तिम कारोबार दिन बिहीवार नेप्से सूचक १६.२९ अंकले बढेर १८५३.७६ बिन्दुमा पुगेको छ ।

बिहीबार कारोबारमा आएका २२३ कम्पनीको १७ लाख ९१ हजार ४८० कित्ता शेयर ६३ करोड २४ लाख ७ हजार ६२७ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार ४८ करोड ५४ लाख रुपैयाँ मात्रै कारोबार भएको थियो ।

बिहीबार नेप्सेका १३ वटा उपसमूह मध्ये जीवन बीमा बाहेक सबै उपसमूहको सूचक सकारात्मक देखिएको छ । बीमा उपसमूहको सूचक ०.०६ प्रतिशतले गिरावट आएको छ भने सबैभन्दा धेरै माइक्रोफाइनान्स उपसमूहको १.६५ प्रतिशतले बढेको छ ।

बिहीबार अभियान लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेको छ भने गुँरास लघुवित्तको ५.७६ प्रतिशत, समिट लघुवित्तको ५.४० प्रतिशत र जनउत्थान सामुदायिक लघुवित्तको ५.१३ प्रतिशतले बढेको छ ।

तर, यता सामलिङ पावरको शेयरमूल्य ७.९४ प्रतिशतले घटेको छ । हिमालयन पावर पार्टनरको ३.६९ प्रतिशत र युनाइटेड मोदी हाइड्रोपावरको ३.४५ प्रतिशतले घटेको छ । बिहीबार नबिल बैंकको सबैभन्दा धेरै २ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्ज अब आउँदो नौ दिनका लागि बन्द भएको छ । शेयर बजार अब आगामी २३ गतेबाट मात्रै खुल्नेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर