कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने सोचिरहेको छु : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति बढेकाले नेताहरुले विश्वास गुमाउँदै गइरहेका बताएका छन् ।

बिहीबार अखिल नेपाल महिला संघ (समाजवादी)ले दशैं, तिहारलगायतका चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति व्याप्त रहेको बताएका हुन् ।

उनले राजनीतिमा चरम भ्रष्टाचारी प्रवृत्ति बढ्नाले नेताहरूले विश्वास गुमाउँदै गइरहेका बताए । उनले नेताहरूले विश्वास गुमाउँदै गइरहेको कुराले आफूलाई चिन्तित बनाएको पनि बताए ।

अध्यक्ष नेपालले आफ्नो व्यवहार र उदाहरणबाट आफूलाई उत्कृष्ट सावित गरेर अरूको मन जित्न सक्नुपर्ने बताए । उनले देशको कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने बारेमा आफूले सोचिरहेको बताए ।

उनले मानिसहरूमा आफूले पटकपटक अवसर पाउँदा ठीक ठान्ने र अरूले एकपटक अवसर पाउँदा पनि त्यसलाई सकारात्मक रूपमा नलिने प्रवृत्ति बढेको बताए । आफूले पाएको छैन भने अनुहार अँध्यारो हुने र पाएको छ भने छोइनसक्नु हुने टिप्पणी उनले गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *