सालकको खपटासहित काठमाडौंबाट दुई जना पक्राउ

काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलाबाट २ केजी ५ सय ग्राम सालकको खपटासहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुली गोलञ्जोर गाउँपालिका–४ घर भएका ५५ वर्षीय यम बहादुर कामी र सिन्धुली फिक्कल गाउँपालिका–४ घर भएका २८ वर्षीय रत्न बहादुर मगर रहेका छन् । उक्त स्थानमा अवैध रूपमा सालकको खपेटाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त खपटासहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारबाहीको लागि वन डिभिजन कार्यालय काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर