सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका प्रमुख राजमार्गहरूमा ‘टाइम कार्ड’ लागू

चाडपर्व नजिकिएसँगै सडकमा सवारी साधनको अत्यधिक चाप बढ्ने, तीव्र गतिमा सवारी साधन चलाउने तथा सवारी नियमको उलंघनसमेत बढ्न गई हुनसक्ने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न तथा सवारीको गति नियन्त्रण गर्न बागमती प्रदेश अन्तर्गतका प्रमुख राजमार्गहरूमा टाइम कार्ड लागू गरिएको छ ।

सिन्धुली जिल्ला हुँदै जाने बीपी राजमार्गस्थित भिमानदेखि नेपालथोक दुम्जासम्ममा पहिलेदेखि नै टाइम कार्ड लागू भएकोमा चाडपर्वलाई लक्षित गरी मकवानपुर, चितवन, धादिङ र काभ्रे जिल्लाका प्रमुख राजमार्गमा सम्बन्धित जिल्लाको जिल्ला सुरक्षा समितिको निर्णय गराई शुक्रबारदेखि लागू भएको हो ।

मुग्लिङ–नारायणगढ खण्ड, पूर्व–पश्चिम राजमार्गको चुरियामाई हेटौंडादेखि चितवनसम्म, त्यसैगरी पृथ्वी राजमार्गको खानीखोला धादिङदेखि मझिमटारसम्म, अरनिको राजमार्गको धुलिखेल दोलालघाटसम्म र बीपी राजमार्गको मंगलटारदेखि काभ्रेमञ्ज्याङसम्म थप टाइम कार्ड थप गरिएको हो ।

टायमकार्ड लागू गरिएका यी राजमार्गमा निश्चित दूरी र समय मिलाई सवारी आवागमनको व्यवस्था मिलाइएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *