माधव नेपालले जेलमा गएर भेटे रेशम चौधरी

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले व्यक्ति हत्याको अभियोगमा आजिवान कैद भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टी नेता रेशम चौधरीसँग भेट गरेका छन् । डिल्लीबजार कारागारमा शुक्रबार भएको भेटमा कैद भुक्तान गरिरहेका चौधरीले नेपालसँग आफूमाथि राजनीतिक व्यवहार नभएको र जेल मुद्दा नरिएको भन्दै गुनासो गरेका थिए ।
नेपालसँग कारागारमा राजनीतिक बन्दीलाई बस्नेसहितको व्यवस्थापन नभएको बताएका थिए । चौधरीले आफूलाई छाड्ने सहमति गरेको पनि सरकारले नछाडेको भन्दै असन्तुष्टी जनाएका थिए । उच्च अदालत दिपालयको फैसलापछि चौधरी आजीवन कारावासमा रहेका छन् ।
२०७२ भदौमा कैलालीको टिकापुरमा भएको हिंसाको मुख्य योजनाकार रहेको ठहर गर्दै चौधरीलाई आजीवन कारावासको सजाय भएको छ ।
२०७४ सालको आमनिर्वाचनमा चौधरी कैलाली १ बाट प्रतिनिधिसभा निर्वाचित भएका थिए । गत बैशाख ३० गते भएको स्थानीय तह चुनावमा चौधरीको पार्टीले कैलालीको ४ वटा स्थानीय तह जितेको थियो । चौधरीको थारु बाहुल क्षेत्रमा राम्रो प्रभाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर