भारतको उत्तर प्रदेशमा ट्रयाक्टर दुर्घटना, २६ जनाको मृत्यु

भारतको उत्तर प्रदेशको कानपुरमा एउटा ट्रयाकटर ट्रली पल्टिएर भएको दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु भएको छ । श्रद्धालुहरुलाई लिएर जाँदा गरेको ट्रयाक्टर घाटमपुर क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटना भएको ट्रायक्टरको ट्रली सडक किरानामा रहेको खाल्टोमा खसेको बताइएको छ। खाल्टो पानीले भरिएको थियो । मृत्यु हुनेमा १४ जना महिला र बाँकी बालबालिका छन् । के कारण दुर्घटना भयो अझै खुल्न सकेको छैन । दुर्घटना हुँदा ट्याक्टरमा ५० जना सवार थिए ।
उनीहरु फतेहपुरको चन्द्रिकादेवी मन्दिरबाट आयोजना गरिएको मुन्डन कार्यक्रममा सहभागी भएको घाटमपुर फर्किदै गरेको अधिकारीहरुले बताए । घटनास्थलम १२ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर