समानुपातिकतर्फको बन्दसूची सच्याउने आज अन्तिम दिन, दलहरु आन्तरिक छलफलमा

प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची संशोधनको अन्तिम दिन प्रमुख राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटेका छन् । समानुपातिक सूचीको विषयलाई लिएर सबैभन्दा ठूलो बिबाद देखिएको सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरुको बैठक विगत २४ घण्टादेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । जसमा असन्तुष्ट पक्षसँग सहमति खोजिने छ । समानुपातिकतर्फ सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षले एकलौटी गरेको भन्दै कांग्रेसभित्र तीव्र असन्तुष्टी छ । कांग्रेसले बुझाएको प्रतिनिधिसभाको समानुपातिकको सूचीका १ सय ९ उम्मेदवारमा कोइराला  पक्षका १३ जनाको मात्रै परेका छन् । यसरी नाम राखिएको व्यक्तिहरु सूचीका प्राथमिकताको सूचीमा तल राखिएको भन्दै तीव्र असन्तुष्ट रहेको छ। कोइराला पक्षले पार्टीको १४ औं महाधिवेशनमा ४० प्रतिशत मत प्राप्त गरेको भन्दै त्यसैअनुसार भाग पाउनु पर्ने बताएको छ । उनीहरुले समानुपातिकतर्फको बन्दसूची नसच्याएको विद्रोहमा उत्रिने चेतावनी दिएको छ । बन्दसूचीको नाम अन्तिम रुप दिन शनिबार बिहान नौ बजेदेखि बैठक जारी रहेको छ ।
प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेले बन्दसूचीलाई अन्तिम रुपमा दिने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । नेपाली कांग्रेसले बन्द सूचीमा रहेका सबैको नाम सार्वजनिक भएपनि एमालेले आंशिकको मात्र नाम बाहिरिएको छ। एमालेको बिहीबार सम्पन्न सचिवालय बैठकले बन्दसूचीलाई अन्तिम रुप दिने जिम्मेवारी अध्यक्ष ओलीलाई दिएको थियो । हालसम्म समानुपातिक निर्वाचन प्रणालीबाट सांसद नभएका नेताहरुको नाम मात्रै एमाले त्यस सूचीमा राखेको छ ।
निर्वाचन आयोगको तालिका अनुसार समानुपातिकको बन्दसूची संशोधन गर्ने मिति असोज १० गतेदेखि असोज १६ गते साँझ ५ बजेसम्म छ । उक्त सूचीमा रहेका कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा असोज १७ गतेको मिति तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर