इटहरीका पूर्व मेयर चौधरी माओवादीमा प्रवेश

इटहरी उप महानगरपालिकाका पूर्व मेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निवास खुमलटारमा नेकपा एमालेका नेता चौधरीलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन् ।
चौधरी प्रदेशसभाको सांसदको निर्वाचन लड्ने बुझिएको छ । चौधरी सुनसरी क्षेत्र नम्बर २ ‘क’ बाट उम्मेदवार बन्न लागेका हुन् । गठबन्धनमा सुनसरी क्षेत्र नम्बर–२ कांग्रेस सो क्षेत्रको प्रदेशसभा क माओवादीको भागमा परेको छ ।
एमाल सुनसरी जिल्ला कमिटीको पूर्व अध्यक्ष समेत रहेका चौधरी २०७४ सालमा भएको स्थानीय तह चुनावमा मेयरमा निर्वाचित भएका थिए । चौधरीलाई माओवादीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले द्वारिकको माओवादीमा प्रवेशको राष्ट्रिय महत्व भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर