विमानस्थल वरपर चंगा उढाए कारवाही

नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विमानस्थल आसपास चङ्गा उडाए कारबाही गर्ने जनाएको छ । सूचना जारी गर्दै कार्यालयले चङ्गा नउडाउन जानकारी गराएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुयानको उडान तथा अवतरणको समयमा विमानस्थलको आसपासको क्षेत्रमा चङ्गा उडाउने गरेको पाइएको कार्यालयले जनाएको छ । यो कार्यको विमानस्थलको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्तो कार्यबाट विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएको हुँदा यस किसिमको गतिविधि एवं क्रियाकलाप नगर्न नगराउन अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर