बाँकेमा गए राति एक बालिका बलात्कृत

बाँकेमा गए राति एक बालिका बलात्कृती भएकी छिन् । बैजनाथ गाउँपालिका बडा ३ की एक १५ वर्षिया बालिकालाई मोटरसाइकलमा आएका दुई अपरिचित व्यक्तिले बलात्कार गरेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका दुई जनाले हाइबे जाने बाटो देखाउन आग्रह गरेको र ती बालिका बाटो देखाएर फर्किने क्रममा मुख थुनेर आफैसँग लगेको परिवारले जनाएको छ । आमा र दिदीसँगै नवदुर्गा पूजाबाट फर्किएकी किशोरी घर कम्पाउन्डभित्रै रहेका शौचालय जाँदा मोटरसाइकलमा आएकाहरुले बाटो देखाइदिन आग्रह गरेका थिए  । उनीहरुले ती बालिकालाई घरभन्दा डेढ किलोमिटर पर लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीले इलाका प्रहरी कार्यालय बनकटुवामा उजुरी पर्ने वित्तिकै आरोपीहरुको खोजीमा प्रहरी परिचालन गरिएको र बालिकालाई स्वास्थ्य परीक्षणका लागि नेपालगञ्ज पठाएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर