नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ

नाबालिग बलात्कारको आरोपमा लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको छ । कतारको दोहाबाट बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेलगत्तै विमानस्थल अध्यागमन कार्यालयले बिहीबार लामिछानेलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएको हो ।
२०७९ भदौ २१ मा एक किशोरीले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा काठमाडौं प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । प्रहरीले हतकडी लगाएर लामिछानेलाई विमानस्थलबाट बाहिर निकालेको थियो ।
आफूलाई लामिछानेले भदौं ५ गते तिलगंगाको एक होटलमा बलात्कार गरेको भन्दै पीडितले दिएको जाहेरी प्रहरीले भदौ २२ गते दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो । काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको थियो । क्यारेबिन लीग लेख्न वेस्ट इन्डिज पुगेका लामिछाने नेपाल फर्किने क्रममा लुकेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर