एमाले र जसपा सहमति नजिक, जसपाको २५ स्थानमा दावी

प्रदेस तथा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय निजिकै गर्दा पुरानो गठबन्धन भत्किने र नयाँ गठबन्धनको संकेत देखिएको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) सत्तारुढ गठबन्धनभित्रको भागबण्डाबाट असन्तुष्ट बनेका विपक्षी दल नेकपा एमालेसँग तालमेलको विषयमा छलफल सुरु गरेको छ । निर्वाचन आयोगले तयार पारेको कार्यतालिकाअनुसार आइतबार प्रतिनिधिसभा तथा प्रदेससभाको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुने कार्यक्रम रहेको छ । जसपाले एमालेसँग २५ सीटको माग गरेको छ । एमाले भने २१ वटा मात्रै दिन तयार रहेको छ । मधेश प्रदेशमा जसपालाई १६ स्थान दिन तयार रहेको छ । मधेशमा ३२ वटा स्थान रहेका छन् । त्यसैगरी चुनावपछि बन्ने मधेश सरकारमा पनि जसपाले सुनिश्चितता खोजेको छ । अहिले पनि मधेश प्रदेशमा जसपाकै नेतृत्वको सरकार रहेको छ ।
बिहीबार सत्तारुढ गठबन्धनको बैठकबाट बाहिरिएका उपेन्द्र यादव एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालकोट पुगेका थियो । पहिलो चरणमा अध्यक्ष ओली, महासचिव शंकर पोखरेल र उप महासचिव प्रदीप ज्ञवालीसँग यादवले छलफल गरेका थिए । त्यसपछि एमाले सचिव रघुवीर महासेठको ललितपुरको भैसेपाटीस्थित निवासमा छलफल भएको थियो । त्यसमा सीटको संख्या टुङ्गिन बाँकी रहेको छ । एमालेका नेताहरुले जसपाको वार्ता सकारात्मक रहेको बताएका छन् ।
पाँच दलीय गठबन्धनबाट यादवलाई बहिरगमन चुनाव अघि एमालेका लागि आशिंक सफलता हुनेछ । एमालेले लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग पनि चुनावी तालमेल गर्न खोजेको छ ।
जसपाले सत्तारुढ गठबन्धनमा मधेशमा १६सहित कम्तीमा २४ स्थानको दावी गर्दै आएको थियो । जसपाको पहिलो प्राथमिकतामा सत्तारुढ गठबन्धन नै भएपछि साझेदार दलहरुले १७ स्थानभन्दा बढी स्थान दिन तयार नभएपछि सो दल असन्तुष्ट रहेको थियो । त्यसैगरी मधेश प्रदेसमा कुनै कुनै निर्वाचन क्षेत्रमा ४ वटा दलहरुको दावी रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर