बंगलादेशी शिक्षार्थीको टोली नेपाल भ्रमणमा

बङ्गलादेशको मिरपुरस्थित डिफेन्स सर्भिस कमाण्ड एन्ड स्टाफ कलेजमा संचालित डिफेन्स सर्भिस कमाण्ड एन्ड स्टाफ कोर्स शिक्षार्थी टोली शनिबार नेपाल भ्रमणमा आएको छ । कर्णेल मोहम्मद अफिजुल इस्लाम रसीदको नेतृत्वमा रहेको ४१ सदस्यीय सो टोली नेपालको ६ दिने भ्रमणमा रहने छ ।
सो टोलीले आइतबार शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेज, सोमबार काठमाण्डौंको मातातीर्थस्थित सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान र मंगलबार गते पोखरास्थित नेपाली सेनाको पश्चिम पृतना हेड क्वाटरको भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । सो भ्रमणदलले काठमाण्डौं र पोखराका विभिन्न पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण गर्ने कार्यक्रम समेत रहेको छ ।
विगतमा पनि विभिन्न राष्ट्रहरुमा संचालित उच्चस्तरका सैनिक तालिममा सहभागी शिक्षार्थीहरुले नेपालको अध्ययन भ्रमण गर्ने प्रचलन रहि आएको छ । छिमेकी राष्ट्रहरुबाट हुने यस किसिमको भ्रमणले दुई देश बीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं बृहत्तर पार्न थप मद्दत पुग्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने नेपाली सेनाले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर