प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आज

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका प्रत्यक्ष तर्फ उम्मेदवारी दर्ता आज हुँदै छ। आयोगका अनुसार प्रत्यक्षतर्फ उम्मेदवार हुन चाहनेहरूले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी दर्ता गर्नुपर्नेछ। आजै साँझ ५ बजेदेखि ७ बजेसम्म मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको सूची प्रकाशन गरिने आयोगले जनाएको छ। असोज २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय उम्मेदवारको विरोधमा उजुरी दिनका लागि तोकिएको छ।

यस्तै असोज २४ र २५ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णयका लागि समय तोकिएको छ। आयोगका अनुसार असोज २५ गते साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशनका लागि समय तोकिएको छ।

असोज २६ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय उम्मेदवारी फिर्ता लिने चाहनेका लागि छुट्याइएको छ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्मको समय उम्मेदवारको अन्तिम नामावली प्रकाशनका लागि तोकिएको आयोगले जनाएको छ।

आगामी मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चयनका लागि एक साथ र एकै चरणमा चुनाव हुँदै छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर