२५ औं वर्षमा बुद्ध एयर, थप तीन विमान भित्राउने तयारी

नेपालको निजी लगानीको वायुसेवा कम्पनी बुद्ध एयर स्थापनाको २५ औं वर्ष पूरा गरी २६ वर्षमा प्रवेश गरेको छ ।

सोमवार काठमाडौंमा वायुसेवाको २५ औँ वर्ष पूरा गरेको अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले २५ वर्षको यात्रामा विभिन्न उतारचढाव भोग्नुपरेको बताए । उनले २५ वर्षको यात्रामा बुद्ध एयर वायुसेवा नियमसम्मत चलेको हुनाले सफलता मिल्दै गएको बताए । बस्नेतले नियमसम्मत रुपमा कम्पनी चल्नसके सफलता पाउन समस्या नहुने बताए । उनले वायुसेवा क्षेत्र ट्रेड नभएर उद्योग भएको बताए ।

बस्नेतले अझै नयाँ गन्तव्य र अवसरको खोजि भइरहेको बताए । बस्नेतले आगामी दिनमा बुद्ध एयरलाई थप विश्वसनीय बनाउन मेहनतका साथ लागिरहने बताएअ । उनले रजत महोत्सवसँगै अबको यात्रा गोल्डेन तर्फको हुने बताए । बस्नेतले बुद्धले निकट भविष्यमा ३ एटीआर जहाज थप गर्ने योजना सार्वजनिक गरे ।

प्रवन्ध निर्देशक बस्नेतले बुद्ध एयरलाई अबको २५ वर्ष सफलताका साथ अगाडि लैजानको लागि व्यवस्थापकीय निरन्तरताको लागि पब्लिक कम्पनीमा जानुपर्ने आवश्यक्ता परे जान तयार रहेको बताए । उनले बुद्ध एयर पैसाको लागि पब्लिक कम्पनीमा नजाने भन्दै फण्ड जम्मा गर्नको लागि बुद्ध एयरलाई पब्लिक कम्पनीमा जानुपर्ने आवश्यकता नभएको बताए । उनले हवाई भाडा महँगो हुनुुमा इन्धनको मूल्य र डलरको भाउ बढनुु प्रमुख कारण भएको बताए ।

बस्नेतले राज्यले तोकेको हवाई भाडा भन्दा बढी वायुसेवा कम्पनीहरुले लिन नसक्ने बताए । उनले सबै सेवाग्राहीको चित्त बुझाउन समस्या पर्ने समेत बताए । उनले नेपालको आन्तरिक हवाई उडान भाडा २० वर्ष अगाडिको तुलना गर्दासमेत सस्तो रहेको बताए ।

बुद्ध एयरले ११ अक्टोबर १९९७ मा पहिलो व्यवसायिक उडान गरेको थियो । त्यसबेला काठमाडौंबाट माउण्टेन फ्लाइट, पोखरा र विराटनगरका लागि उडान राखिएको थियो । यो वायुसेवाले २५ वर्षअगाडि एउटा जहाजबाट शुरु गरेको हवाई उडानको यात्रा हाल १६ वटासम्म पुगेको छ । हाल ५६ प्रतिशत बजार हिस्सा ओगटेको यो वायुसेवाले सन् २०२१ मा मात्रै २० लाख ३२ हजार यात्रु उडाएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर