अवैध लागुऔषधसहित छुट्टाछुट्टै स्थानबाट सात जना पक्राउ

प्रहरीले अवैध लागुऔषधसहित सात जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१७ ढल्कुस्थित पुष्पलाल पार्क नजिकबाट महोत्तरी घर भई काठमाडौं महानगरपालिका–२६ मित्रनगर बस्ने १८ वर्षीय किशोरसहित चार जना नियन्त्रित लागुऔषध नाईट्राभेट ८ सय ५५ ट्याब्लेटसहित सोमबार दिउँसो पक्राउ परेका छन् । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।

यस्तै मोरङको पथरीशनिश्चरे नगरपालिका–९ बस्ने ३० वर्षीय सन्तोष लिम्बुको घरबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ करिब ६ सय मिलिग्राम र नगद ३२ हजार ४ सय रूपैयाँसहित सन्तोष लिम्बुसहित दुई जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनको घर खानतलासी गर्दा उक्त पदार्थ र नगद सहित उनीहरूलाई पक्राउ गरेको हो ।

त्यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटबाट ७ ग्राम ६३ मिलिग्राम अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित कैलालीको कैलारी गाउँपालिका–११ बस्ने ३० वर्षीय राजु चौधरीलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेकाहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर