चुनावी मैदानमा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायी बजगाईं

अन्तर्राष्ट्रियस्तरमा सफल पर्यटन व्यवसायीको रूपमा परिचित राजेन्द्र बजगाईं गोरखा–१ बाट आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचन लड्दैछन् । नेपाली कांग्रेसका बजगाईंले सत्तारूढ गठबन्धनको तर्फबाट चुनावी प्रतिस्पर्धा गर्ने भएका हुन् ।

गोरखा १ मा प्रतिनिधि सभा निर्वाचनका लागि बजगाईंसहित एमालेका रामशरण बस्नेतलगायत १० जना उम्मेदवार छन् । यद्यपि मुख्य प्रतिस्पर्धा भने बजगाईं र बस्नेतबीच नै हुने देखिन्छ ।

२०७४ को निर्वाचनमा गोरखा–१ प्रदेश सभा (ख)बाट एमाले र माओवादीको वाम–गबठन्धनका उम्मेदवार बस्नेतसँग पराजित बजगाईं उक्त हारको यसपटक प्रतिनधि सभा निर्वाचनमा बदला लिने दाउमा छन् ।

पहिलो सगरमाथा आरोही सर एडमण्ड हिलारीसँग व्यवसायी बजगाईं ।

गत निर्वाचनमा प्रदेश सांसद जितेका बस्नेत गण्डकी प्रदेश सरकारको मन्त्रीसमेत भइसकेका छन् ।

अघिल्लो निर्वाचनमा नेकपा माओवादीले एमालेसँग गठबन्धन गरेका कारण बस्नेतले बजगाईंलाई पराजित गरे पनि यसपटक माओवादीहितको सत्तारूढ गठबन्धनबाट उम्मेदवार रहेका कारण बजगाईंलाई जित हासिल गर्न सहज देखिन्छ ।

गत स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई प्राप्त मतपरिणाम हेर्दा पनि बजगाईंको जित सुनिश्चित देखिन्छ ।

आरोहण, पदमार्ग पहिचान र साहसिक पर्यटनमा बजगाईंले संचालन गरेको गोरखा इन्काउन्टर विश्व प्रशिद्ध छ । यस्तै गोरखाको विकासमा विशेष योगदान दिँदै आएका उनले राष्ट्रिय राजनीतिमा समेत विशेष दख्खल राख्दछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर