प्रधानसेनापति शर्मासँग पाकिस्तानी राजदूतको बिदाइ भेट

प्रधानसेनापति प्रभुराम शर्मा र पाकिस्तानका राजदूत शैयद हैदर शाहबीच जङ्गी अड्डामा भेटघाट भएको छ ।

नेपालका लागि पाकिस्तानका राजदूतले आफ्नो कार्यकाल समापन गरी स्वदेश फिर्ता जान लागेको अवसरमा सो भेटघाट भएको हो । उक्त भेटघाटमा प्रधानसेनापति शर्माले राजदूतले पूरा गरेको सफल कार्यकालको लागि बधाई दिँदै सुखद् भविष्यका लागि शुभकामनासमेत दिएका थिए ।

यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर