कानूनका जानकार भन्छन्- ‘बलात्कार उजुरीको हदम्याद बढाइनु अवैज्ञानिक’

सरोकारवालाहरुले बलात्कारको घटनामा उजुरी दिने हदम्याद बढाइनु अवैज्ञानिक भएको धारणा राखेका छन् ।

मंगलबार सार्वजनिक प्रतिरक्षक समाज नेपालले आयोजना गरेको ‘बालबालिका तथा विपन्न वर्गको न्यायमा पहुँच : समाजशास्त्रिय दृसष्टिकोण’ विषयक अन्तरक्रियामा बोल्दै पूर्वसरकारी वकिल तथा हाल कानून विषयमा प्रध्यापनरत राम घिमिरेले बलात्कारको घटनामा हदम्याद बढाइनु अवैज्ञानिक भएको बताएका हुन् । उनले कसैले माग गरेको भरमा राजनीतिक तहले झुकेर हदम्याद बढाउनु नहुने तर्क गरे।

उनले हदम्याद क्षमता, पहुँच र अवसर नभएकाहरुका लागि हुनुपर्ने भएपनि पहुँच हुनेहरुले नै दुरुपयोग गरेको उल्लेख गरे । हदम्याद बढाइएका कारण निश्चित मानिसहरु अन्यायमा परेको उनको भनाइ छ ।

उनले कसैले जाहेरी लिएर आएमा पहिले जाहेरीको सत्य, तथ्य बुझेर मात्रै दर्ता गर्नुपर्ने बताए । जाहेरी दिएबापत सजाय नहुने र पक्राउ गरिहाल्नुपर्ने भएको हुँदा झुटो जाहेरी आउने गरेको उनको भनाइ छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर