प्रहरीको हाकिम हुँ भन्दै ब्यापारीसँग रकम माग्ने पक्राउ

नेपाल प्रहरीले प्रहरी अधिकृत भएको भन्दै पैसा माग्ने एक व्यक्तिलाई सोमबार साँझ बिराटनगरबाट पक्राउ गरेको छ । प्रहरीले विराटनगर २ बस्ने २९ वर्षका रविन घिमिरे पक्राउ गरेको जनाएको छ ।  घिमिरेलाई विराटनगर महानगपालिका वडा नं १५ स्थित १ नम्बर ढाटमा पक्राउ गरेको हो ।

‘रविन घिमिरेले विराटनगर स्थित ब्यापारीहरूलाई प्रहरीको हाकिम हुँ भन्दै रकम माग गरेको हुँदा प्रहरी टोलीले नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय रानी मार्फत जिल्ला प्रशासन कार्यालय मोरङबाट अभद्र ब्यवहारमा दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको छ,’ प्रहरीले भनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर