गुरूङ र जीसीले जिते हुण्डाईको टेष्ट ड्राइभ, कतारमै गएर विश्वकप हेर्न पाउने

हुण्डाई गाडीहरूको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले विश्वकप २०२२ लक्षित ‘गोल अफ द सेन्चुरी’ अभियानअन्तर्गतको टेष्ट ड्राइभ क्याम्पेनको विजेता घोषणा गरेको छ ।

कम्पनीले ‘Hyundai Test Drive. Watch Live FIFA World Cup 2022’ को विजेता घोषणा गरेको हो । यस क्याम्पेनका विजेताले फिफा विश्वकप २०२२ को प्रत्यक्ष खेल कतार गएर हेर्न पाउनेछन् ।

११ अक्टोबर २०२२ मा गरिएको लक्की ड्रमार्फत शेरबहादुर जीसी र हस्तमाया गुरूङ विजेता बनेका हुन् । दुई विजेताहरूले आफ्नो रोजाइको एक–एक व्यक्ति साथमा लिई कतारमा प्रत्यक्ष विश्वकप २०२२ हेर्न जान पाउनेछन्, जसको सम्पूर्ण खर्चहरू हुण्डाई नेपालले व्यहोर्नेछ ।

यस योजनामा सहभागिता जनाउन १९ जुलाइदेखि ३० सेप्टेम्बरसम्म नेपालभरि रहेका हुण्डाईको १७ वटा शोरूमहरूबाट कुनै पनि हुण्डाई गाडीको टेष्ट ड्राइभ गरी आफूलाई रजिष्टर गर्नुपर्ने थियो । यस क्याम्पेनले पर्यावरण दिगोपनका लािग हुण्डाईको प्रयासप्रति सबैको ध्यानाकर्षण गरेको थियो र क्याम्पेनले नेपाली अटोमोबाइल बजारमा अत्यधिक चर्चा बटुल्न पनि सफल भएको कम्पनीले जनाएको छ ।

फुटबलको विश्वव्यापी आकर्षणका कारण फुटबलमार्फत पर्यावरणमैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गरी खेलका पारखीहरूलाई जोड्ने लक्ष्यसहितको यस क्याम्पेन आफ्नो लक्ष्यमा सफल भएको कम्पनीको दाबी छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले आफ्नो नेपालभरि रहेका १७ डिलर तथा १९ सर्भिस सेन्टरहरूद्वारा आफ्ना ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर