उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण हुँदै

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरूलाई आज निर्वाचन चिह्न प्रदान गर्दैछ । राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका उम्मेदवारहरूको निर्वाचन चिह्न साविककै हुने भए पनि स्वतन्त्रतर्फका उम्मेदवारहरूलाई आयोगले निर्वाचन चिह्न प्रदान गर्ने भएको हो ।

निर्वाचन चिह्न आज अपराह्न ४ बजेदेखि बेलुका ७ बजेसम्म वितरण गर्ने निर्वाचन आयोगले जनाएको छ । त्यसअघि भने आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्नेछ । त्यसका लागि दिउँसो १ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ ।

अन्तिम नामावली प्रकाशन हुनुअघि उम्मेदवारी फिर्ता लिन चाहनेहरूका लागि समय छुट्याइएको छ । उम्मेदवारी फिर्ता लिने समय बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर