अर्थमन्त्री शर्मा अमेरिकामा

अर्थमन्त्री जनार्दन शर्मा विश्व बैंंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा भाग लिन मङ्गलबार साँझ अमेरिकाको राजधानी वाशिङ्टन डीसी पुगेका छन् ।

अर्थमन्त्री शर्मालाई विमानस्थलमा स्वागत गर्न अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीलगायत दूतावासका प्रतिनिधिहरू पुगेका थिए । अमेरिकाको राजधानी वाशिङ्टन डीसीमा यही अक्टोबर १० देखि सुरु भएको विश्व बैंकको वार्षिक बैठक यही १६ तारिखसम्म जारी रहनेछ ।

अर्थमन्त्री शर्माको नेतृत्वमा विश्व बैंकको बैठकमा सहभागी हुन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव कृष्णहरि पुष्करसहित अर्थ मन्त्रालय तथा राष्ट्र बैंकका उच्च अधिकारीहरू डीसी पुगेका छन् ।

अर्थमन्त्री शर्माले बुधबार विश्व बैंक भोटिङ ग्रूपको बैठकमा सहभागिता जनाउनुका साथै विश्व बैंकको विभिन्न मन्त्रिस्तरीय सत्रहरूमा सहभागी हनेछन् । उनले अमेरिकी सहयोग नियोगका उच्च अधिकारीसँग भेटघाट गर्ने, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका उच्च पदाधिकारीहरूसँग पनि छलफल गर्ने कार्यक्रम रहेको डीसीस्थित नेपाली दूतावासले जनाएको छ ।

उता सोमबार नै त्यहाँ पुगेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने बैठकका विभिन्न सत्रमा नेपालका तर्फबाट सहभागिता जनाएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर