गृहमन्त्री खाणविरुद्ध उम्मेदवारी दिएका इम्दादले लिए उम्मेदवारी फिर्ता

नेकपा माओवादी केन्द्रबाट रूपन्देही क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका इम्दाद हुँसेन खाँ र रूपन्देही ३ प्रदेश सभा (क)मा उम्मेदवारी दिएका फैज अहमद खानले उम्मेदवारी फिर्ता लिएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलपछि आफूहरूले उम्मेदवारी फिर्ता लिएको प्रदेश सभा उम्मेदवार फैज अहमद खानले जानकारी दिए । उनीहरूले सत्तारूढ गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन र प्रतिगमनकारी उम्मेदवारलाई पराजित गर्न आफूहरूले उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।

‘हामीले सत्तारूढ गठबन्धनका उम्मेदवारलाई प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा विजयी गराउन र प्रतिगमनकारी उम्मेदवारलाई हराउन उम्मेद्वारी फिर्ता लिएका छौँ,’ फैज अहमदले भने ।
प्रतिनिधि सभामा उम्मेदवारी दिएका इम्दादले गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण र गठबन्धनलाई विजयी बनाउन उम्मेदवारी फर्ता लिएको बताए ।

निर्वाचन कार्यालयले पनि फैज र इम्दादको उम्मेदवारी फिर्ता भएको जानकारी दिएको छ ।

फैज र इम्दाद नाताले बाबु छोरा हुन् । फैज माओवादीका सिद्धार्थनगर नगरपालिकाका इञ्चार्जसमेत हुन् ।

फैजले आफू उम्मेदवार हुँदाभन्दा बढी सत्तारूढ गठबन्धनका उम्मेदवारलाई जिताउन खटिनेसमेत बताए । ‘म जति म उम्मेदवार हुँदा प्रचार प्रसारमा खटिन्थेँ, त्यति गठबन्धनका उम्मेदवारलाई जिताउन खटिनेछु,’ फैजले भने ।

रूपन्देही प्रतिनिधि सभा क्षेत्र नं. ३ मा गठबन्धनबाट गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण उम्मेदवार छन् । रूपन्देही क्षेत्र नं. ३ प्रदेश सभा (क)मा लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डे र रूपन्देही क्षेत्र नं. ३ प्रदेश सभा (ख)मा नेपाली कांग्रेसका रामचन्द्र ढकाल उम्मेदवार छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर