नेपाली सेनाको पहलमा ‘तेस्रो लिस्तिकोट-दुगुनागढी माउण्टेन ट्रेल रेस-२०७९’ सञ्चालन हुँदै

नेपाली सेनाको पहलमा कात्तिक १७ गते सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं. ३ स्थित ड्राई पोर्टबाट नयाँ पुल हुँदै दुगुनागढीसम्म २४.५ कि.मि. दूरीकाे राष्ट्रव्यापी ‘तेस्रो लिस्तिकोट-दुगुनागढी माउण्टेन ट्रेल रेस-२०७९’ सञ्चालन हुने भएको छ।

नेपाल–तिब्बत लडाइँको क्रममा प्रयोग भएको मार्गमा पर्ने प्रसिद्ध धार्मिकस्थल लिस्तिमाई मन्दिर र दुगुनागढीलाई समावेश गरी नेपाली सेनाको इतिहास तथा दुगुनागढी र लिस्तिकोटको ऐतिहासिक एवम् धार्मिक महत्त्वलाई थप उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना हुन लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सिन्धुपाल्चोक जिल्लाकै गौरवको रूपमा रहेको दुगुनागढीको ऐतिहासिक महत्त्व, लिस्तिकोटको धार्मिक तथा ऐतिहासिक महत्त्व उजागर गरी उक्त स्थानहरूलाई पर्यटकीय स्थलको रूपमा विकास गर्नुका साथै सैनिक–नागरिक सम्बन्ध विस्तारको उद्देश्यसहित सेनाको पहल र भोटेकोशी गाउँपालिकाको आयोजनामा उक्त दौड प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

प्रतियोगिता खुला, महिला र जिल्लावासीका लागि गरी तीन विधामा सञ्चालन हुनेछ । खुल्लातर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः एक लाख १० हजार, ७५ हजार र ५५ हजार रूपैयाँ नगद पुरस्कार प्रदान गरिने सेनाले जानकारी दिएको छ ।

महिलातर्फ प्रथम हुनेलाई ६० हजार, दोस्रोलाई ३५ हजार र तेस्रो हुनेलाई २० हजार रूपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिने छ । जिल्लावासीका तर्फबाट प्रथम हुनेलाई ३० हजार, दोस्रो हुनेलाई रु २० हजार र तेस्रोलाई १५ हजार रूपैयाँ नगद प्रदान गरिने छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर