खोटाङमा गठबन्धनविरुद्ध बागी उठेका कांग्रेस नेता सर्वधन र सुवासको उम्मेदवारी फिर्ता

नेपाली कांग्रेसलाई टिकट वितरणमा अन्याय भएको भन्दै गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका पूर्वराज्यमन्त्री सर्वधन राई र महाधिवेशन प्रतिनिधि सुवासकुमार पोखरेलले उम्मेदवारी फिर्ता गरेका छन्।

खोटाङबाट प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिएका सर्वधन र खोटाङ प्रदेश ‘क’मा स्वतन्त्र उम्मेदवारी दिएका सुवासले बुधबार उम्मेदवारी फिर्ता गरेका हुन्।

गठबन्धनविरुद्ध सर्वधन र सुवाससँगै महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेलले पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनले भने उम्मेदवारी फिर्ता गरेका छैनन्।

सर्वधनको उम्मेदवारी उनका प्रतिनिधि राजन सैंजुले मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमा पुगेर फिर्ता लिएका हुन्।

यस्तै सुवासले आफैँ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता गरेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर