राष्ट्र संघमा नेपालद्वारा रुसको भर्त्सना, रुसले गाभेको युक्रेनी भूभागलाई मान्यता नदिने

नेपालले युक्रेनको चार वटा क्षेत्रलाई आफ्नो भूभागमा गाभ्ने रुसी प्रयासको भर्त्सना गरेको छ । बुधबार राति संयुक्त राष्ट्रसंघको महासभामा युक्रेनी भूभाग रुसमा विलय गराउन गरिएको जनतमसंग्रहको भर्त्सना गर्ने प्रस्तावको पक्षमा नेपालले मतदान गरेको हो ।

सो प्रस्तावमा रुसले गरेको कुनै पनि विलयलाई मान्यता नदिन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरिएको छ र तत्काल ती भूभागहरु फिर्ता गर्न माग गरिएको छ । सो प्रस्तावमा जारी द्वन्द्व वार्ताको माध्यमबाट समाधान गर्ने प्रयासलाई दृढ समर्थन गर्ने रहने उल्लेख छ ।

नेपालसहित १ सय ४३ वटा राष्ट्रको प्रस्तावको पक्षमा मतदान गरेका छन् । भारत र चीनसहितका ३५ वटा देशले मतदान प्रतिक्रियामा सहभागी भएनन भने ५ वटा देशले विपक्षमा मत दिएका थिए । रुससहित बेलारुस, उत्तर कोरिया, सिरिया र निकारागुवाले विपक्षमा मतदान गरेका थिए । प्रस्ताव प्रतिकात्मक भएपनि युक्रेनमाथि रुसले गरेको आक्रमणपछि त्यस सम्बन्धमा भएका मतदानमा सबैभन्दा बढी मत परेको हो ।

गत साता मस्कोमा आयोजित एक भव्य समारोहमा रुसले युक्रेनको चार वटा भूभाग लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेर्सन गाभिएको जनाएको थियो । रुसले सो क्षेत्रमा बस्दै आएका नागरिकहरुले गरेको जनमतसंग्रहपछि त्यस्तो निर्णय गरेको जनाउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर