तनहुँमा यी हुन् कायम भएका ५७ उम्मेदवार

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि तनहुँमा ५७ उम्मेदवार कायम भएका छन् । दुई प्रतिनिधि सभा र चार प्रदेश सभा सदस्य निर्वाचनका लागि ६२ जनाले उम्मेदवारी दर्ता गराएकामा पाँच जनाले फिर्ता लिएपछि ५७ उम्मेदवार कायम भएका हुन् ।

तनहुँ क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यका लागि १५, प्रदेश सभा–१ (क)का लागि ११ र प्रदेश सभा (ख)का लागि सात जनाको उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । तनहुँ–२ को प्रतिनिधि सभा सदस्यका लागि १०, प्रदेश सभा (क)का लागि आठ र प्रदेश सभा (ख)का लागि छ जनाको उम्मेदवारी कायम छ ।

तनहँु क्षेत्र नं. १ तर्फ दुई र तनहुँ क्षेत्र नंं. २ तर्फ तीन जनाले उम्मेदवारी फिर्ता लिएका छन् । तनहुँ क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार विश्व बाँस्तोला र प्रदेश सभा (क)तर्फ उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार नगेन्द्र पौडेलले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए ।

तनहुँ क्षेत्र नं. २ अन्तर्गत प्रदेश सभा (ख)का जनता समाजवादीका उम्मेदवार पूर्णबहादुर गुरुङ, प्रदेश सभा (क)का नेपाली कांग्रेस (बीपी)का उम्मेदवार डा. शेषरमण न्यौपाने र स्वतन्त्र उम्मेदवार प्रेम परियारले उम्मेदवारी फिर्ता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयले सबै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिसकेको छ ।

तनहुँ क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यका लागि नेकपा (एमाले)बाट एकबहादुर राना, नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल, जनता समाजवादी पार्टीबाट पासाङ थापामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विनोदकुमार घर्ती, नेपाल मजदुर किसान पार्टीबाट रामकृष्ण त्वायना, हाम्रो नेपाली पार्टीबाट प्रवीण पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट कृष्णप्रसाद पौडेल, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रेमबहादुर थापा, नेश्नलिष्ट पिपल्स पार्टीबाट ताजमहमद मियाँ, राष्ट्रिय जनमुक्ति पार्टीबाट हस्तबहादुर किचिम थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास सिग्देल चुनावी मैदानमा छन् ।

स्वतन्त्रतर्फ गोविन्दराज जोशी, रामचन्द्र कार्की, बेलबहादुर दरै र पृथ्वीनारायण श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन् । तनहुँ क्षेत्र नं. २ तर्फ नेकपा (एमाले)बाट किरण गुरुङ, नेपाली कांग्रेसबाट शङ्कर भण्डारी, राप्रपाबाट नरेन्द्रप्रताप महत, नेपाल मजदुर किसान पार्टीबाट रामहरि गोरा, हाम्रो नेपाली पार्टीबाट विष्णु पराजुली, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रविना थापामगर, राष्ट्रिय जनमुक्ति पार्टीबाट लालबहादुर सार्की गोतामे, नेपाली कांग्रेस (बीपी)बाट पुष्पराज पराजुली, जनसमाजवादी पार्टी नेपालबाट खड्कबहादुर विक र राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजय जोशी चुनावी मैदानमा छन् ।

तनहुँ क्षेत्र नं. १ प्रदेश सभा (क)तर्फ एमालेबाट रामबहादुर गुरुङ, कांग्रेसबाट अशोककुमार श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट अर्जुन गुरुङ, मौलिक जरोकिलो पार्टीबाट चिजकुमार श्रेष्ठ भन्ने बाबुराम आले, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट विजयकुमार शाही, मङ्गोल नेशनल अर्गनाइजेशनबाट भीमबहादुर लामा, नेकपा (एकीकृत समाजवादी)बाट विद्यानाथ ढकाल, राप्रपाबाट विवेक न्यौपाने, राष्ट्रिय जनमुक्ति पार्टीबाट भुवनसिं थापा, स्वतन्त्रबाट हरिराज जोशी र रामबहादुर थापा चुनावी प्रतिस्पर्धामा छन् ।

तनहुँ क्षेत्र नं १ प्रदेश सभा (ख)तर्फ एमालेबाट पूर्णबहादुर गुरुङ, नेकपा (माओवादी केन्द्र)बाट हरिबहादुर चुमान, जनता समाजवादी पार्टी नेपालबाट किसन भुजेल, मङ्गोल नेशनल अर्गनाइजेशनबाट रनबहादुर खवास, नेकपा (एकीकृत समाजवादी)बाट कलिला खातुन, राप्रपाबाट राजु गोतामे र राष्ट्रिय जनमुक्ति पार्टीबाट खेमबहादुर गुरुङ चुनावी प्रतिस्पर्धामा छन् ।

तनहुँ क्षेत्र नं. २ प्रदेश सभा (क)तर्फ एमालेबाट श्यामराजा महत, माओवादी केन्द्रबाट राजेन्द्रकेशरी न्यौपाने, मौलिक जरोकिलो पार्टीबाट टोलराज वाग्ले, मङ्गोल नेशनल अर्गनाइजेशनबाट सुमन थापामगर, एकीकृत समाजवादीबाट दुर्गाकुमार श्रेष्ठ, राप्रपाबाट रेशमराज अधिकारी, राष्ट्रिय जनमुक्ति पार्टीबाट नेत्रबहादुर थापा, जनसमाजवादी पार्टी नेपालबाट रामबहादुर विश्वकर्मा चुनावी प्रतिस्पर्धामा छन् ।

तनहुँ क्षेत्र नं. २ प्रदेश सभा (ख)तर्फ एमालेबाट केदार सिग्देल, कांग्रेसबाट जितप्रकाश आलेमगर, मङ्गोल नेशनल अर्गनाइजेशनबाट नमबहादुर राना, एकीकृत समाजवादीबाट प्रतापलाल श्रेष्ठ, राप्रपाबाट श्यामकुमारी राई, राष्ट्रिय जनमुक्ति पार्टीबाट धनबहादुर गुरुङ चुनावी प्रतिस्पर्धामा छन् ।

एकीकृत समाजवादीले उम्मेदवारी फिर्ता लिएन

सत्तारूढ नेकपा (एकीकृत समाजवादी) तनहुँले चारवटा प्रदेश सभा क्षेत्रमा उम्मेदवारी कायमै राखेको छ । सत्तारूढ गठबन्धन दलसँगको सहमतिमा एउटा प्रदेश सभा मागेको एकीकृत समाजवादीले तनहुँमा एक सिट पनि नपाएपछि चारवटै प्रदेश सभा क्षेत्रमा उम्मेदवारी दिएको थियो ।

सत्तारूढ दलका शीर्ष नेताले सहमतिविपरीत उम्मेदवारी दिएका ठाउँमा उम्मेदवारी फिर्ता लिन निर्देशन दिए पनि तनहुँमा उम्मेदवारी फिर्ता भएन । आफूहरूको पार्टीका तर्फबाट चारवटै प्रदेश सभा क्षेत्रमा उम्मेदवार रहेको र पार्टीका उम्मेदवारका पक्षमा मत मागिने समाजवादीका अध्यक्ष श्रीराम कार्कीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *