मोरङका दुई जना प्रदेश सभा सदस्य उम्मेदवार अस्पतालमा

प्रदेश सभा सदस्य पदका लागि मङ्सिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा उम्मेदवार रहेका मोरङका दुई उम्मेदवार स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना भएका छन् ।

मोरङ निर्वाचन क्षेत्र नं. ३ (क) का लागि प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापालाई ज्वरो आएर निको नभएकाले मङ्गलबार नोबेल मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको थियो । प्रदेश नं. १ को वन, वातावरण तथा भू– संरक्षण मन्त्रीसमेत रहेका उनले सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएका थिए ।

यस्तै गठबन्धनको तर्फबाट मोरङ निर्वाचन क्षेत्र नं. ४ (क) का लागि प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका पूर्वकेन्द्रीय समिति सदस्य गुरूराज घिमिरेलाई डेंगु संक्रमण भएर ज्वरो आउनुका साथै वाकवाकी लागेकाले यही असोज २३ गते नोबेल मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको थियो । असोज २३ गते नै उम्मेदवारी दर्ता गराउन काठमाडौबाट विराटनगर पुगेका उनी मनोनयन दर्ता गराएलगत्तै नोबेल मेडिकल कलेजमा भर्ना भएका थिए ।

उम्मेदवार थापालाई नोबेल मेडिकल कलेजको न्यूरो डिलक्स वार्डको १० नम्बर कोठामा भर्ना गरिएको छ भने अर्का उम्मेदवार घिमिरेलाई सोही वार्डको नौ नम्बर कोठामा भर्ना गरिएको गरिएको छ ।

ज्वरोले च्याप्दै लगेको र निको नभएपछि थापालाई नोबेलमा चिकित्सकको सल्लाहबमोजिम भर्ना गरिएको थियो । प्रत्यासी थापा र घिमिरेको उपचार उक्त मेडिकल कलेजका प्राचार्य एवं छाती रोग विशेषज्ञ डा. रामहरि घिमिरेको रेखदेखमा भइरहेको छ ।

डा. घिमिरेले उम्मेदवार थापालाई ज्वरो आउनुका मुख्य कारण अझै पत्ता लागिनसकेकाले विभिन्न जाँचहरू भइरहेको बताए । अर्का उम्मेदवार घिमिरेको भने स्वास्थ्यमा क्रमिक सुधार भइरहेको र दुई–तीन दिनमा नै डिस्चार्ज हुनसक्ने सम्भवाना रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर