प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु

निर्वाचन आयोगले प्रत्यक्षतर्फको मतपत्र छपाइ प्रक्रिया आजबाट नै सुरु गर्ने जनाएको छ । बिहीबार सञ्चारमाध्यमहरूसँगको कुराकानीमा आयोगले यस्तो बताएको हो ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले प्रत्यक्षतर्फको मतपत्र छपाइ प्रक्रिया आजबाट सुरु गर्ने बताए । उनले समानुपातिकतर्फको मतपत्र छपाइ कार्यक्रम भने जारी रहेको बताए ।

रूपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका डा. कमल भुसालको उम्मेदवारी किन खारेज भएको ? भन्ने सञ्चारकर्मीको प्रश्नमा निर्वाचन आयुक्त भुसालले यसको निर्णय निर्वाचन अधिकारीको हातमा रहेको उल्लेख गरे । उनले उम्मेदवारी दिएको व्यक्ति योग्य हो वा होइन भन्ने कुराको निर्णयको अधिकार निर्वाचन अधिकृतलाई रहेको भन्दै निर्णय भइसकेको कुरालाई आयोगले क्षेत्राधिकार मिचेर यही हुनुपर्छ भन्न नमिल्ने बताए ।

उनले कानूनी रूपमा उपचार खोज्न आएको खण्डमा भने आधिकारिकता आइसकेपछि अदालत वा निर्वाचन आयोगको क्षेत्राधिकार कुनमा पर्छ त्यही नुसार कानूनी कारबाही हुने बताए । उनले न्यायाधीशहरू नै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतहरू भएको उल्लेख गर्दै प्रमाण संकलन, मूल्यांकन गर्ने, प्रमाणको विश्लेषण गर्ने र त्यो प्रमाणको विश्लेषण गरी एउटा निचोडमा पुग्ने काममा त्रुटि हुन नसक्ने जिकिर गरे ।

उनले निर्वाचनका लागि कानूनमा अभ्यस्त भएको व्यक्तिलाई नै पठाएको भन्दै कानून, ऐन, नियम, आयोगले बनाएको निर्देशिकालगायत सम्पूर्ण कारबाही हेरेर नै निष्कर्ष निकालेकोमा आयोग विश्वस्त रहेको बताए ।

निर्वाचन आयुक्त भण्डारीले सरकारको कोष वा सरकारको लगानी रहेको विभिन्न संस्था, निकायहरूको कोषबाट रकम बुझ्ने व्यक्तिहरूलाई आयोगले उम्मेदवारको लागि योग्य ठहर गर्न नसक्ने बताए । प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा रूपन्देही क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका डा. कमल भुसालको उम्मेदवारी खारेज भएको थियो । उनीविरुद्धसरकारी सेवा लिएर अध्ययन जारी राखेको अवस्थामै निर्वाचनमा उम्मेदवार बनेको उजुरी थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर