जसपाका चार मन्त्री हटाइए, कानूनमन्त्री कोइराला पनि पदमुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले जनता समाजवादी पार्टी (जसपा)का चार जना मन्त्री हटाएकी छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा जसपाका मन्त्रीहरू संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंहलाई जिम्मेवारीबाट हटाइएको हो।

यी चार मन्त्रीको रिक्त जिम्मेवारी प्रधानमन्त्री देउवाले आफैँ सम्हाल्ने भएका छन्। जसपाले सत्तारूढ गठबन्धन छाडेर नेकपा एमालेसँग चुनावी तालमेल गरेपिछ प्रधानमन्त्री देउवाले जसपाका मन्त्रीहरूलाई हटाउने तयारी यसअघि नै गरेका थिए।

यस्तै कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइराला शर्माले संसद्को सदस्यता पाउन नसकेर पदावधि सकिएको भन्दै उनलाई पनि पदमुक्त गरिएको छ। उनको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्हाल्ने भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर