रेखा थापा भन्छिन्- ‘जन्मभूमिमा देखिएका गलत प्रवृत्ति अन्त्य गर्न मोरङ-३ मा उम्मेदवारी’

राष्ट्रिय प्रजातन्त्र पार्टीको मोरङ क्षेत्र नम्बर ३ प्रतिनिधि सभाकी उम्मेदवार अभिनेत्री रेखा थापाले आफू जन्मेको ठाउँमा देखिएको गलत प्रवृत्तिको अन्त्य गर्न प्रत्यक्षतर्फको निर्वाचनमा होमिनु परेको बताएकी छन् ।

बिहीबार सुन्दरहरैँचा वडा नम्बर ११ का मतदातासँगको भेटमा उनले समानुपातिकबाट सजिलै सांसद बन्ने अवस्था भए पनि आफू जन्मेको निर्वाचन क्षेत्रमा देखिएका गलत प्रवृत्तिको अन्त्य गर्न आफूले प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएको बताएकी हुन् ।

अभिनेत्री थापाले मोरङ क्षेत्र नम्बर ३ का सबै घरपरिवार आफन्त भएको उल्लेख गर्दै उनीहरूसँग छलफल गरेर यस क्षेत्रको समस्या गर्न आफू लागिपर्ने प्रतिबद्धता जनाइन् ।

अभिनेत्री थापाले महिलाहरू नेतृत्वमा पुगे मुलुकको भ्रष्टाचार आफैँ समाप्त हुने दाबीसमेत गरिन् । घर चलाउन सक्षम महिलाहरू मुलुक चलाउन पनि सक्षम रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर