उम्मेदवारी खारेजीविरुद्ध राजु गुरुङले दर्ता गराए सर्वोच्चमा रिट, भोलि पेशी

सर्वोच्च अदातलमा रूपन्देही–२ का नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार राजु गुरुङले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध रिट निवेदन दायर गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले बैंकिङ कसुर मुद्दामा कालोसूचीमा रहेको उल्लेख गर्दै गुरुङको उम्मेदवारी खारेज गरेको थियो । आयोगको उक्त निर्णय विरुद्ध गुरुङले आज सो रिट निवेदन दायर गरेका हुन् ।

रिट निवेदनमा गुरुङले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरेका छन् । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार सो रिट निवेदन दर्ता भएको छ । शुक्रबारका लागि पेशी तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर