सत्ता गठबन्धनको चुनावी कमाण्डरमा रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धनमा चुनावी कमाण्डरको जिम्मेवारी पाएका छन् । सत्ता गठबन्धनले कांग्रेस वरिष्ठ नेता पौडेलको नेतृत्वमा निर्वाचन परिचालन समन्वय समिति गठन गरेको हो ।

बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले प्रदेश र जिल्लास्तरमा पनि सत्तारूढ गठबन्धनमा रहेका दलका प्रमुखहरू रहेको प्रदेश निर्वाचन समन्वय समिति गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले सबै प्रदेशमा गठबन्धनको संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णयसमेत गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार कात्तिक ४ गते गण्डकी प्रदेशको पोखरामा र लुम्बिनी प्रदेशको बुटवलमा भेला हुने छ । त्यस्तै ५ गते विराटनगर जनकपुरमा, ६ गते धनगढी र सुर्खेतमा र ७ गते काठमाडौंमा भेला हुनेछ।

भेलामा गठबन्धनमा रहेका दलका केन्द्रीय समिति सदस्य, प्रदेश पदाधिकारी तथा जिल्लाबाट प्रमुख सहित ३/३ जना सहभागी गराउने सत्तारूढ गठबन्धनले निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *