काठमाडौं आइपुगे नवनियुक्त अमेरिकी राजदूत थम्प्सन

अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले नियुक्त गरेका नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सन जिम्मेबारी सम्हाल्न बिहीबार साँझ काठमाडौं आइपुगेका छन् । उनी पत्नी जेन र पारिवारिक कुकुर बोगीसहित काठमाडौं आइपुगेका हुन् ।

अमेरिकी विदेश मन्त्रालयका वरिष्ठ अधिकारी थम्प्सनले १५ असोजमा राजदूत पदको सपथ लिएका थिए ।
उनी नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी को स्थानमा आएका हुन् ।

उनी नेपालको राजदूत नियुक्त हुनुअघिसम्म विदेश मन्त्रालयको दक्षिण र मध्य एसिया मामिलासम्बन्धी प्रमुख उपसहायक सचिवको रूपमा काम गरिरहेका थिए । उनी सन् २०२० देखि सन् २०२१ सम्म कार्यबाहक सहायक सचिव थिए ।

थम्प्सन भारतको कोलकातास्थित अमेरिकी महावाणिज्य दूतावासमा महावाणिज्य दूतको रुपमा सेवा गरिसकेका छन् । अंग्रेजीबाहेक उनी रोमानियाली र बंगाली भाषामा दख्खल राख्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर